AMBASSADOR’S MESSAGE

A very hearty welcome to you all!

It is both a privilege and pleasure for me, as the Ambassador of Nepal to the State of Kuwait, to extend warm greetings to the Kuwaiti citizens, diplomatic fraternity and other friends and well-wishers. I am greatly honoured to represent the Government and the people of Nepal in this beautiful country.

We all know that with the unprecedented development in science and technology in our contemporary age, the world has shrunk into a small, closely interconnected and largely interdependent global village. The relations between states and peoples have, thus, grown deeper and wider in many spheres and dimensions, making each other closer than before, with the help of modern technology. This website is an example of the application of such a technology.

I am happy to mention that the Embassy is committed to providing speedy and qualitative services to our nationals and foreigners alike in a customer-friendly manner. The Embassy has placed useful information in the website for its visitors about its services and the procedures, including sharing of various activities and linkages to relevant institutions. The updates on documents and information will be a continuous process. I believe that the website will remain instrumental for our meaningful interface, linking all of us altogether digitally, and prove to be a valuable site.

Through this website, let me also invite the friendly people of the State of Kuwait and all others to visit Nepal, an independent and sovereign country throughout its history, and enjoy its natural beauty, cultural diversity, historical magnificence and the hospitality of Nepali people as well as get benefits from doing investment in and trade with Nepal. I hope you will give a positive thought in this regard.

I wish you good health and happiness!

राजदूतको सन्देश

कुवेतस्थित सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु,

सर्वप्रथम कुवेतका लागि नेपालको राजदूतको रुपमा तपाइंहरु सवैलार्ई अभिवादन गर्न चाहन्छु । मेरो कुवेत आगमन पश्चात् तपाइंहरुबाट व्यक्त सद्भावको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाल तथा नेपालीको हित प्रबद्र्धनका कार्यहरुमा तपाइंहरुबाट निरन्तर सहयोग एवं समर्थन प्राप्त गर्ने आशा एवं विश्वास लिएको छु ।

कुवेतमा कामको सिलसिलामा आएका नेपालीहरुको संख्या उल्लेख्य रहेको कुरा विदितै छ । नेपाल तथा कुवेतबीचको घनिष्ट सम्बन्ध एवं नेपालीहरुको काम प्रतिको विश्वसनीयता नै यसकोे आधारको रुपमा रहेको देखिन्छ । यसबाट नेपालीहरुको लागि आय आर्जन मात्र नभएर कुवेतको विकास कार्यमा समेत सहयोग पुग्न गएकोे कुरामा दुई मत हुन सक्दैन ।

यहां रहेको समयमा नेपाल तथा कुवेतबीचको सम्बन्ध विकसित हुने र आफनो देशका सकारात्मक पक्षहरुको प्रबद्र्धन हुने कार्यहरु सबै नेपालीहरुबाट हुनु बाञ्छनीय हुन्छ । नेपाल तथा कुवेतबीचको सम्बन्ध विस्तार गर्न सकिने प्रशस्त सम्भाव्यताहरु छन् । विदेशी भूमिमा रहेको समयमा यस्ता कार्यहरु गर्नका लागि प्राप्त अवशर पनि हो हामीलाई यो । विश्वले नेपाल र नेपालीलाई चिन्ने र मन पराउने पक्षहरु थुप्रै छन । तिनीहरुको संरक्षण, प्रचारप्रसार एवं प्रबद्र्धन गर्दै जानु तपाइं हामी सवैको कर्तव्य हो । अनुपम प्राकृतिक सौन्दर्य, थुप्रै संख्यामा रहृका विश्व सम्पदाहरु, स्वतन्त्र र गौरवशाली इतिहास, विविध जाति, धर्म, क्षेत्र, सम्प्रदाय एवं संस्कृतिबीचको सोहार्दपूर्ण, सन्तुलित एवं एकतापूर्ण सम्बन्ध, नेपालीहरुको इमान्दारिता, बहादुरी, कर्मठता एवं सरलता जस्ता गुणहरु, जलस्रोतको प्रचुरता, जैविक विविधता, सांस्कृतिक प्राधान्यता, पर्यटकीय आकर्षण लगायत थुप्रै सवल र सकारात्मक पक्षहरुले भरिपूर्ण छ हाम्रो देश नेपाल । हामी सवैको सोचाई र कर्म यी उज्याला पक्षहरुलाई अझ उजागर गर्दै लैजाने तर्फ केन्द्रित हुनुपर्छ ।

कुवेतमा रहंदा कुनै पनि नेपाली नागरिकलाई दुःख नहोस्, समस्याहरु सृजना नहोउन र सहज ढ¨ले रहने वातावरण कायम होस् भन्नेतर्फ हाम्रा क्रियाकलापहरु उन्मुख हुन आवश्यक छ । कुनै पनि नेपालीबाट कुवेतको कानून, धर्म, संस्कृति, परम्परा इत्यादिमा आंच आउन,े गैर कानूनी ढ¨ले कार्य स्थलमा हडताल गर्ने, लागू पदार्थ एवं मादक पदार्थ सेवन एवं बेचबिखन गर्ने, जुवा खेल्न,े नेपालीलाई एक कार्यस्थलबाट अर्को कार्यस्थलमा गैर कानूनी तवरबाट सर्न प्रोत्साहन गर्ने लगायतका अवाञ्छित कार्य हुनुुु हुंदैन । त्यस्ता कार्यहरुले नेपालीहरुको बसाईलाई असहज बनाउने मात्र नभएर नेपाल र कुवेतबीच रही आएको सुमधुर सम्बन्धलाई समेत असर पार्न सक्छन । अतः नेपाल र नेपालीको स्वाभिमान, इज्जत एवं पहिचानमा दाग लगाउने खालका कुनै पनि कार्यहरुमा संलग्न नहुन र राष्ट्रको गरिमा एवं प्रतिष्ठा बृद्धि गर्ने कार्यमा लाग्न कुवेतस्थित सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्न चाहन्छु । आफनो कामसंग सम्बन्धित कुनै समस्या भए शान्तिपूर्ण तवरले सम्बन्धित निकायमा राख्न आग्रह गर्दै राजदूतावासको सहयोग आवश्यक परेको खण्डमा नेपाली राजदूतावास तपाइंहरुलाई हरसम्भव सहयोग गर्न तत्पर रहेको व्यहोरा सहर्ष जानकारी गराउंन चाह्रन्छु ।

अन्तमा, कुवेतमा नेपालीहरुको रोजगारीलाई व्यवस्थित एवं मयार्दित बनाउने र नेपाल र नेपालीको पहिचान तथा प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा तपाइंहरु सवैबाट योगदान पुग्नेछ भन्ने आशा राख्दै तपाइंहरुको कुवेत बसाई सहज एवं उपलव्धिमूलक रहोस् भन्ने कामना गर्दछु ।

यज्ञबहादुर हमाल
राजदूत