अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया
Necessary Process regarding Power of Attorney
अधिकृत वारेसनामा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरू:
क) नेपालको प्रचलित कानून अनुसार दर्ता भएको कानून व्यवसायीद्वारा निजको प्रमाण पत्र नम्वर, दुई जना साक्षीको नाम, ठेगाना र सहिछाप सहित नेपाली कागजमा रीतपूर्वक तयार गरिएको दुई प्रति सक्कल अधिकृत वारेसनामाको कागजात ।
ख) बिक्री वितरण वा नामसारी गर्न लागिएको घर जग्गा वा अन्य सम्पत्तिसंग सम्बन्धित कागजातको सक्कल र सो को प्रतिलिपि ।
ग) अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा कुवेती सिभिल परिचय-पत्र (Civil ID) को प्रतिलिपि ।
घ) अधिकृत वारेसनामा लिनेको नागरिकताको सक्कल र सो को प्रतिलिपि ।
ङ) अधिकृत वारेसनामा दिने, लिनेको हालसालै खिचिएको दुई दुई प्रति पासपोर्ट साइजको फोटो ।
च) आवश्यकता अनुसार परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको नाता प्रमाणित प्रमाणपत्र, मृत्य दर्ता, हकवाला आदिको सक्कल कागजात ।
क्र.सं. | सेवा | राजश्व/शुल्क |
१ | मुद्दा किटान गरिएको /नगरिएको अधिकृत वारेसनामा प्रमाणीकरण | २ कुवेती दिनार |
२ | तीन पुस्ताभित्रमा सम्पत्तिको हक हस्तान्तरण गर्ने अधिकृत वारेसनामा प्रमाणीकरण | २ कुवेती दिनार |
३ | तीन पुस्ता वाहेक अरुलाई सम्पत्ति विक्री गर्ने वा हक हस्तान्तरण गर्ने अधिकृत वारेसनामा प्रमाणीकरण | १२ कुवेती दिनार |
अधिकृत वारेसनामा प्रमाणीकरण समय : बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
अधिकृत वारेसनामा प्रमाणीकरण गर्न लाग्ने समय : सोहि दिन
वितरण: आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको दिन र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात अधिकृत वारेसनामा प्रमाणीकरण गरिनेछ ।
(द्रष्टब्यः अधिकृत वारेसनामा दिने व्यक्तिले नियोग प्रमुखको रोहवरमा वारेसनामा कागजातमा सहिछाप गर्नुपर्ने छ ।)