संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७६ स्वागत समारोह सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति संविधान दिवस तथा राष्ट्रिय दिवस—२०७६ को अवसरमा यस राजदूतावासद्वारा कुवेतको क्राउन प्लाजा होटेलमा हिजो साँझ एक भब्य कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs महामहिम श्री अलि सुलेमान अल—सइद उपस्थित हुनुभएको थियो । साथै कुवेत सरकारका अन्य उच्चपदस्थ पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत एवं नियोग प्रमुखहरू

कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General सँग महामहिम राजदूतबाट भएको शिष्टाचार भेट।

कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General Mr. Essam Salim Al-Naham सँग यस दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीबाट हिजो सोमबार, मिति २०७६/५/३० मा भएको शिष्टाचार भेट। उक्त अवसरमा नेपाल र कुवेतबीचको द्वपक्षीय सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने तथा आप्रवासी नेपाली कामदारको हितसँग सम्बन्धित विषयमा कुराकानी भयो।