हालै मध्यपूर्वमा विकसित घटनाक्रमलाई नेपाली राजदूतावास, कुवेतले नजिकबाट नियालिरहेको छ । यस सन्दर्भमा कुवेत र इराकमा रहनु हुने सम्पूर्ण नेपाली नागरिकहरूलाई तल उल्लिखित सुरक्षा सतर्कताका विषयमा ध्यान दिनु हुन र सुसूचित रहनु हुन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाईका साथ पालना गर्नु हुन।
सकेसम्म घर भित्रै बस्नुहुन, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्नुहुन, सतर्क रहनु हुन, आ-आफ्नो स्थानहरूमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनु हुन।
हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको हुँदा कुवेतबाट बाहिरिने तथा कुवेत आउने हवाई यात्रुहरूले सम्बन्धित वायु सेवा प्रदायकसँग सम्पर्क गरी यात्राको अवस्था यकिन गर्नुहुन।
स्थानीय समाचार अलर्ट र सरकारी आधिकारिक निर्देशनबारे सुसूचित रहनु हुन।
सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ-आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्नुहुन।
यस राजदूतावाससँग सम्पर्क गर्नु परेमा Hotline/WhatsApp No. +965-61008956 तथा इमेल:eonkuwait@mofa.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।