महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा सप्तमी - २२

नेपाली राजदूतावास, कुवेतको अनुरोध-२

मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कुवेत तथा ईराकमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस राजदूतावास निम्न बमोजिम जानकारी तथा विशेष अनुरोध गर्दछ:

  1. कुवेत तथा ईराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहनुहुन।
  2. कुवेत तथा ईराकको हवाईक्षेत्र (Airspace) खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका लागि कुवेतको हकमा Directorate General of Civil Aviation र ईराकको हकमा Iraqi Civil Aviation Authority को वेबसाइट हेर्नुहुन तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक अथवा ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुहुन।
  3. अफवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा साझा (share/post) नगर्नुहुन।
  4. कुवेतको आकाशमा देखिने कुनै पनि हवाई आक्रमण तथा प्रतिरक्षाका घटनाहरू  तथा घटनास्थलको तस्बिर/भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा साझा (share/post) नगर्नका लागि कुवेत सरकारले प्रकाशित गरेको सूचना पूर्ण रुपमा पालना गर्नुहुन।
  5. भिडभाड हुने स्थान तथा सैन्य क्षेत्रको आसपासमा नजानुहुन।
  6. कुनै अपरिचित वा शंकास्पद वस्तु नजिक नगइदिनुहुन।
  7. साईरन बजेको बेला घर/कार्यस्थल बाहिर भएको अवस्थामा नजिकैको भवनभित्र बस्नु हुन तथा भवनभित्रै भएको अवस्थामा सुरक्षितसाथ भवनभित्रै बसिदिनुहुन तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहुन।
  8. नेपालमा रहेका आफ्ना परिवारसँग तथा कुवेत तथा ईराकस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहुन। परिवारसँग सम्पर्क विहिन भएको भन्दै राजदूतावासमा धेरै सोधपुछहरू आईरहेको हुँदा आफू कामविशेषले केही समय सम्पर्क माध्यमको पहुँचमा नहुने अवस्था भएमा सोको पूर्व जानकारी परिवारमा गराउनु हुन।
  9. नेपाल तथा अन्य मुलुकका लागि कुवेत ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा कुवेतमा रहनुपरेका नेपाली नागरिकलाई Medical Emergency परेमा राजदूतावासलाई तुरून्त सम्पर्क गर्नुहुन।
  10. कुवेतमा रहनुभएका नेपाली नागरिकहरूलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली राजदूतावास नियमित रुपमा खुला रहेको छ।

 

कुवेतस्थित केही महत्वपूर्ण सम्पर्क नं:

    • नेपाली राजदूतावास, कुवेत  +९६५-६१००८९५६ (स्थानीय कल तथा Whatsapp)
    • प्रहरी/आगजनी/एम्बुलेन्स  ११२
    • कुवेत एयरवेज   १७१ (स्थानीय कल मात्र), +९६५-२४४३५५५५ ext १७१
      (अन्तर्राष्ट्रिय कलहरू मात्र), WhatsApp +९६५-१८०२०५०
    • जजिरा एयरवेज – १७७ (स्थानीय कल मात्र), +९६५-२२०५४९४४

नेपाली राजदूतावास

कुवेत

२०८२ फाल्गुण १९