राहदानी वितरण सम्बन्धी सूचना
निम्न लिखित राहदानी आवेदकहरुको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुँदा आवेदकहरूले आफ्नो पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। राहदानी आइतबार देखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।
संलग्न राहदानीहरूमा ७ वैशाख २०८३ (२० अप्रिल २०२६) सम्मको राहदानी प्राप्त भएकोले उक्त मिति भित्र राहदानीको लागि आवेदन गर्नुभएको तर राहदानी प्राप्त नभएको हकमा ०६ ज्येष्ठ २०८३ (२० मे २०२६),बुधबारबाट यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।
( राहदानीसँगै NA लेखिएको विवरणको सम्बन्धमा उक्त राहदानीवाहकले नयाँ राहदानी लिदा आफ्नो बायोपेज ध्यानपूर्वक हेरी लिनुहुन अनुरोध छ।)