मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कुवेतमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस राजदूतावास निम्न बमोजिम जानकारी तथा विशेष अनुरोध गर्दछ:
कुवेतको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहनुहुन।
कुवेतको हवाईक्षेत्र (Airspace) खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका लागि Directorate General of Civil Aviationको वेबसाइट हेर्नुहुन तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक अथवा ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुहुन।
कुवेत सरकारले कुवेतमा रहेका भिजिट भिषावाहक सबैको भिषा एक महिनाको लागि थप गरेको, कुवेतबाहिर रहनुहुने कुवेतको CivilIDवाहकहरूको हकमा विगतको कम्पनीमा कामगर्नेहरूको हकमा ६ महिना र घरेलु कामदारहरूको हकमा ४ महिना भन्दा बढी कुवेत बाहिर बस्दा CivilIDरद्द हुने व्यवस्थालाई परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिनाको अवधि थप गरेको। यसरी थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको। यस वाहेक अन्य सबै भिषा वाहक (Civil ID expire, Visa cancellation/Article 1 र 14) हरूको हकमा आफ्नो भिषाको अवधि समाप्त हुनु अघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिषाको अवधि नवीकरण गर्नुहुन।
कुवेतमा रहनुभएका नेपाली नागरिकहरूलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली राजदूतावास नियमित रुपमा(कन्सुलर समय आईतबार देखि बिहीबार सम्म बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म) खुला रहेको छ।
कुवेतस्थित केही महत्वपूर्ण सम्पर्क नं:
नेपाली राजदूतावास, कुवेत – +९६५-६१००८९५६ (स्थानीय कल तथा Whatsapp)
प्रहरी/आगजनी/एम्बुलेन्स – ११२
हवाई उडान तथा आफ्नो टिकटको बारेमा जानकारी लिनको लागि देहायका नम्बरहरूमा सम्पर्क गर्नुहुनः