Attestation

1. Translation and Attestation of Driving License

सवारी चालक अनुमति-पत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

सवारी चालक अनुमति-पत्रको अनुवाद तथा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको सक्कल सवारी चालक अनुमति-पत्र र सो को प्रतिलिपी
ख) राहदानी वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी
ग) कुवेतको सिभिल परिचय पत्र (Civil ID) वा कुवेती भिसाको प्रतिलिपी
शूल्क १३ कुवेती दिनार
सवारी चालक अनुमति-पत्रको अनुवाद तथा प्रमाणीकरण समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
सवारी चालक अनुमति-पत्र प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात मात्र सवारी चालक अनुमति-पत्र प्रमाणीकरण गरिनेछ ।

 

2. Translation and Attestation of Marriage Certificate

विवाह दर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

विवाह दर्ता प्रमाणपत्रको प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
१)  नेपालमा विवाह भएको हकमाः
क) नेपालको परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको विवाह दर्ताको सक्कल प्रमाणपत्र
ख) श्रीमान र श्रीमती दुबैको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
ग) कुवेतको Civil ID (दुबै जना कुवेतमा भएको हकमा श्रीमान र श्रीमतीको सिभिल परिचय पत्र र श्रीमान र श्रीमतीमध्ये एकजना कुवेतमा भएको हकमा निजको सिभिल परिचय पत्र)
२) कुवेतमा विवाह भएको हकमाः
क) सम्बन्धित कुवेती सरकारी निकायबाट जारी भई कुवेतको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरिएको विवाहदर्ता र सो को सक्कल अंग्रेजी अनुवाद (यस्तो अवस्थामा विवाह गर्ने नेपाली पुरूष र महिलाले कुवेतमा विवाह हुनु तत्काल अघिसम्म अविवाहित रहेको ब्यहोराको नेपालको स्थानिय निकायबाट जारी भई कन्सुलर सेवा विभागबाट प्रमाणित भएको अविवाहित प्रमाणपत्र पेश गर्नुपर्नेछ ।)
विवाह दर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क १३ कुवेती दिनार
विवाह दर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी विवाह दर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरणका लागि आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात विवाह दर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ ।

 

3. Translation and Attestation of Academic Certificate

शैक्षिक प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको शैक्षिक प्रमाणपत्रको सक्कल प्रमाणपत्र वा सो को प्रमाणित प्रतिलिपी
ख) नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
ग) सिभिल परिचय पत्र (Civil ID) (श्रीमान वा श्रीमती)
शैक्षिक प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क १३ कुवेती दिनार
शैक्षिक प्रमाणपत्र अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भए पश्चात मात्र शैक्षिक प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ ।

 

4. Translation and Attestation of Certificate of Singleness

अविवाहित प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

अविवाहित प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको स्थानीय निकायबाट जारी भई परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको सक्कल अविवाहित प्रमाणपत्र
ख) नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
ग) कुवेतको सिभिल परिचय पत्र (Civil ID)
घ) सम्बन्धित ब्यक्तिको बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
अविवाहित प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क १३ कुवेती दिनार
अविवाहित प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पुरा गरी आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पुरा भएपश्चात अविवाहित भएको प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ।

 

5. Translation and Attestation of Relationship Certificate

नातासम्बन्ध प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

नातासम्बन्ध प्रमाणपत्रको प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको नातासम्बन्ध खुल्ने सक्कल प्रमाणपत्र
ख) सम्बन्धित ब्यक्तिको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
ग) कुवेतको सिभिल परिचय पत्र (Civil ID)
नातासम्बन्ध प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क
१३ कुवेती दिनार
नातासम्बन्ध प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिनमा (भोलिपल्ट) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात नातासम्बन्ध प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ ।

 

6. Translation and Attestation of Birth Certificate

जन्मदर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

जन्मदर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको स्थानीय निकाय (गाउँपालिका वा नगरपालिका) बाट जारी भई परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको सक्कल जन्मदर्ता प्रमाणपत्र (नेपालमा जन्मेको नावालकको हकमा)
ख) कुवेत सरकारको आधिकारिक निकायबाट अरेबिक र अंग्रेजी भाषामा जारी भएको सक्कल जन्मदर्ता प्रमाणपत्र (कुवेतमा जन्मेको नावालकको हकमा)
ग) बाबु र आमा दुबैको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
घ) बाबु र आमाको सिभिल परिचय पत्र (Civil ID)
ङ) बाबु र आमाको विवाह नेपालमा भएको हकमा कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको सक्कल विवाह दर्ता प्रमाणपत्र
च) बाबु र आमाको विवाह कुवेतमा भएको हकमा कुवेत सरकारको आधिकारिक निकायबाट अरेबिक र अंग्रेजी भाषामा जारी भई कुवेती परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरिएको सक्कल विवाहदर्ता प्रमाणपत्र
जन्मदर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क १३ कुवेती दिनार
जन्मदर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात मात्र जन्मदर्ता प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ ।

 

7. Translation and Attestation of Divorce Certificate

पारपाचुके (सम्बन्ध विच्छेद) प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

पारपाचुके (सम्बन्ध विच्छेद) प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरूः
क) नेपालको परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको पारपाचुके (सम्बन्ध विच्छेद) प्रमाणपत्रको सक्कल प्रमाणपत्र
ख) नेपालको अदालतबाट पारपाचुके (सम्बन्ध विच्छेद) भएको सम्बन्धमा सो निकायको निर्णयको प्रतिलिपि
ग) पारपाचुके (सम्बन्ध विच्छेद) गर्ने ब्यक्तिको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपी
घ) सिभिल परिचय पत्र (Civil ID)
अनुवाद तथा प्रमाणीकरण गर्ने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शुल्क
१३ कुवेती दिनार
अनुवाद तथा प्रमाणीकरण गर्न लाग्ने समय १ कार्य दिन
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिनमा (२४ घण्टा) र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात पारपाचुके (सम्बन्ध विच्छेद) प्रमाणपत्रको अनुवाद तथा प्रमाणीकरण गरिनेछ ।