नेपाली राहदानी (Machine Readable Passport) प्राप्ति सम्बन्धी प्रक्रिया
१.मेशिन रिडेबल पासपोर्ट (MRP) को लागि आवेदन गर्दा संलग्न गर्नुपर्ने कागजातहरू:
क.सक्कल नेपाली नागरिकता र सोको प्रतिलिपि – १ प्रति
ख. सक्कल नेपाली राहदानी र सोको प्रतिलिपि – १ प्रति
ग. सक्कल नेपाली नागरिकता पेश गर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला
प्रशासन कार्यालयबाट नागरिकता लिएको विवरण खुलेको पत्र तथा सोको प्रतिलिपि – १ प्रति
घ. मेशिन रिडेबल पासपोर्ट (Machine Readable Passport) बाहकको हकमा
सक्कल नेपाली नागरिकता नभएमा नागरिकताको प्रतिलिपि– १ प्रति
ङ. कुवेतमा राहदानी हराएको भए कुवेतको प्रहरीको प्रतिवेदन (Police Report)
र सोको अंग्रेजी अनुवादको सक्कल प्रति तथा प्रतिलिपि – १/१ प्रति
च. राहदानीको पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेर MRP को लागि
आवेदन गर्दा त्यस्तो सक्कल राहदानी
२. आवेदन गर्ने समय:
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
३. राहदानी शुल्कः
(क) साधारण राहदानी शुल्क – १६ कुवेती दिनार
(ख) हराएको/पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेको राहदानीको लागि शुल्क – ३२ कुवेती दिनार
(ग) १० बर्षभन्दा कम उमेरका बालबालिकाको राहदानीशुल्क – ८ कुवेती दिनार
(घ) १० बर्षभन्दा कम उमेरका बालबालिकाको हराएको/पाना च्यातिएको वा कुनै
कारणबाट बिग्रेको/क्षति पुगेको राहदानीको लागि शुल्क– १६ कुवेती दिनार
४.वितरण
मेशिन रिडेबल पासपोर्ट (MRP) आवेदन गरेको मितिदेखि साधारणतया १ महिनाभित्र वितरण गरिनेछ। राहदानी विभागबाट राहदानी प्राप्त भएपछि आवेदकलाई ईमेल वा फोनमार्फत् जानकारी गराइनेछ। राहदानी बुझ्न आउँदा अनिवार्य रूपमा पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिदसहित आवेदक स्वयं उपस्थित हुनुपर्नेछ। राहदानी आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिनेछ।
(द्रष्टब्यः आवेदकले आफ्नो राहदानी तयार भए/नभएको जानकारी यस राजदूतावासको वेवसाइटको MRP Status खण्डमा हेर्न सक्नु हुनेछ ।)
ईराकमा रहेका नेपालीहरूले राहदानी (MRP) आवेदन गर्नै प्रक्रिया सम्बन्धी सूचना
ईराकमा रहेका नेपाली नागरिकहरूले यस राजदूतावासमा राहदानीको लागि आवेदन गर्दा देहाय बमोजिम गर्नुहुन अनुरोध गरिन्छ:
- रीतपूर्वक भरिएको राहदानी फाराम (फोटोसहित), आवेदकको फोटो (छुट्टै), सक्कल नेपाली नागरिकता प्रमाणपत्रको Scanned Copy वा MRP लिईसकेकाको हकमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा राहदानीको प्रतिलिपि यस राजदूतावासको इमेलमा पठाउने। राहदानी फाराम यस राजदूतावासको Website (www.kw.nepalembassy.gov.np) र राहदानी विभागको Website (www.nepalpassport.gov.np) बाट Download गर्न सकिन्छ।
- राहदानी दस्तुर राजदूतावासको निम्नलिखित बैंक खातामा जम्मा गर्ने:
- राजदूतावासको बैक खाताको भएको बैंकको नाम: National Bank of Kuwait
- खाताको नाम: Embassy of Nepal
- खाता नं.: 2003548410
- IBAN NO.: KW94NBOK0000000000002003548410
वा
राजदूतावासको लेखा हेर्ने निम्न कूटनीतिक कर्मचारीको नाममा Money Transfer बाट पठाउने:
Ms. Yasoda Adhikari, Attache’ (00964-25321603/4/5 Extension No. 35) Embassy of Nepal, State of Kuwait
- राहदानीको दस्तुर निम्न बमोजिम हुनेछ:
- राहदानी(MRP)जारी- १६ कुवेती दिनार
- राहदानी(MRP) जारी (हराएको/पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेको अवस्थामा) – ३२ कुवेती दिनार
यसरी प्राप्त रकमबाट राहदानी दस्तुर बापतको रसिद काटी बैंक दाखिला गरिनेछ। रसिदको एकप्रति आवेदकलाई उपलब्ध गराईनेछ।
- राहदानी विभागबाट राहदानी प्राप्त भएपछि आवेदकलाई हस्तान्तरण गर्नको लागि राजदूतावासले सम्बन्धित आवेदकलाई Couriers मार्फत् पुरानो राहदानी तथा सक्कल नागरिकता प्रमाणपत्र पठाईदिन खबर गर्नेछ। पुरानो राहदानीमा Cancelled Without Prejudice को छाप लगाई फिर्ता पठाउन तथा नयाँ राहदानी पठाउनको लागि Two Way Courier खर्च तिरी पठाउन वा कुवेतबाट Courier गरी आवेदकलाई ईराकमा आवेदकले राहदानी पठाईदिनको लागि Courier खर्च पठाउनुपर्नेछ।
राजदूतावासको ठेगाना:
Embassy of Nepal
Al Jabriya Area, Block No.-8, Street No. 13, Building No. 514
Tel No.: 00965-25321603/25321604/25321605
Hotline No.: 00965-98869121
Fax No.: 00965-25321628/25321601
Email: eonkuwait@mofa.gov.np
Website: kw.nepalembassy.gov.np
PROCEDURES FOR OBTAINING MACHINE READABLE PASSPORT (MRP)
1. Required documents:
a. Original Nepalese Citizenship Certificate and its copy
b. Original Nepalese Passport and its copy
c. Letter from the concerned District Administration Office verifying the citizenship details and its copy in case of unavailability of original citizenship certificate
d. A copy of citizenship certificate if the original citizenship certificate is unavailable (In case of MRP holders)
e. Police Report issued from the Kuwait’s Police Authority and its original English Translation as well as copies of both documents in case of the passport lost in Kuwait
f. Original damaged passport (In case of damage by any reason)
2. Application Hours
0900-1300 hrs. (From Sunday to Thursday)
3. Passport Fee:
a) 16 Kuwaiti Dinar (for Ordinary Passport)
b) 32 Kuwaiti Dinar (for Lost or Damaged Passport)
c) 8 Kuwaiti Dinar (Ordinary Passport for children below the age of 10 years with 5 years’ validity)
d) 16 Kuwaiti Dinar (for Lost or Damaged Ordinary Passport for children below the age of 10 years with 5 years’ validity)
4. Distribution
Machine Readable Passports (MRPs) will be distributed generally in one month from the date of submission of the application. The applicant will be contacted or emailed after the passport is received from the Department of Passport, Ministry of Foreign Affairs. The applicant must be present in person with original old passport and fee payment receipt at the time of receiving his/her passport. Passports will be distributed from Sunday to Thursday from 9 AM to 1 PM.
(Note: Applicants are kindly advised to check “MRP Status” on the Embassy’s website for updates on the status of their passports.)