Power of Attorney

अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी आवश्यक प्रकृया

 Necessary Process regarding Power of Attorney

अधिकृत वारेसनामा प्रमाणीकरणका लागि पेश गर्नुपर्ने कागजातहरू
क) नेपालको प्रचलित कानून अनुसार दर्ता भएको कानून व्यवसायीद्वारा निजको प्रमाण पत्र नम्वर, दुर्इ जना साक्षीको नाम, ठेगाना र सहिछाप सहित नेपाली कागजमा रीतपूर्वक तयार गरिएको दुई प्रति सक्कल अधिकृत वारेसनामाको कागजात ।
ख) बिक्री वितरण वा नामसारी गर्न लागिएको घर जग्गा वा अन्य सम्पत्तिसंग सम्बन्धित कागजातको सक्कल र सो को प्रतिलिपि ।
ग) अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा कुवेती सिभिल परिचय-पत्र (Civil ID) को प्रतिलिपि ।
घ) अधिकृत वारेसनामा लिनेको नागरिकताको सक्कल र सो को प्रतिलिपि ।
ङ) अधिकृत वारेसनामा दिने, लिनेको हालसालै खिचिएको दुई दुई प्रति फोटो ।
च) आवश्यकता अनुसार परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको नाता प्रमाणित प्रमाणपत्र, मृत्य दर्ता, हकवाला आदिको सक्कल कागजात ।
अधिकृत वारेसनामा प्रमाणीकरण समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
शूल्क ३१ कुवेती दिनार
अधिकृत वारेसनामा प्रमाणीकरण गर्न लाग्ने समय सोहि दिन
वितरण: आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको दिन र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात अधिकृत वारेसनामा प्रमाणीकरण गरिनेछ ।

(द्रष्टब्यः अधिकृत वारेसनामा दिने व्यक्तिले नियोग प्रमुखको रोहवरमा वारेसनामा कागजातमा सहिछाप गर्नुपर्ने छ ।)