Travel Documents

Necessary Process for getting Travel Document

यात्रा अनुमतिमत्र (ट्राभल डकुमेन्ट) प्राप्ति सम्बन्धी आवश्यक प्रक्रिया

यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का लागि आवेदन गर्दा पेश गर्नुपर्ने कागजातहरूः
क) सक्कल नागरिकताको प्रमाणपत्र वा राहदानी (एम.आर.पी.) को प्रतिलिपी
ख) कुवेती प्रहरी कार्यालय वा गृह मन्त्रालयबाट जारी भएको कम्प्युटराइज राहदानी विवरण (उल्लिखित कार्यालयहरूमा सम्बन्धित नेपाली नागरिकले फिंगर प्रिन्ट दिएपछि छापिने कागजात)
ग) नेपालको सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानिय निकायबाट जारी गरिएको नेपाली नागरिक भएको ब्यहोराको पत्र
आवेदन दिने समय  बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म)
यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) शुल्क निःशुल्क
यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को लागि लाग्ने समय १ कार्य दिन वा आवश्यकता अनुसार
वितरण
आवश्यक सबै कागजात र प्रकृया पूरा गरी आवेदन दिएको १ कार्य दिन (२४ घण्टा) वा आवश्यकता अनुसार र तोकिएको कागजात/प्रकृया नपुगेमा सो पूरा भएपश्चात मात्र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिनेछ ।
साथै, विविध कारणले राहदानी नभएका नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रयोजनार्थ उनीहरू रहेको कुवेती जेल, शेल्टर, अस्पताल, प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान विभाग (Central Investigation Department-CID) र देशफिर्ति केन्द्र (Deportation Centre) मा समेत नियोगको पदाधिकारीद्वारा भ्रमण गरी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिनेछ ।