Passport

नेपाली राहदानी इ-पासपोर्ट (e-Passport)  प्राप्ति सम्बन्धी प्रक्रिया

नेपाली राजदूतावास, कुवेतबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लार्इ प्रतिस्थापन गर्दै यही मिति २०७८।११।०८ (तदनुसार २० फेब्रुअरी २०२२) का दिन देखि इ-पासपोर्ट (e-passport) जारी गर्नका लागि आवेदन लिने कार्य शुरू भएको छ ।

केही महत्वपूर्ण ध्यान दिनुपर्ने कुराहरू
१.     नयाँ प्रविधिमा आधारित इ-पासपोर्ट (e-passport) जारी गर्नका लागि आवेदन लिने कार्य शुरू भएको र दूतावासमा सेवाग्राहिको चाप व्यवस्थापनका लगि अति जरूरी पर्ने महानुभावहरूले अग्रिम रूपमा समय लिएर (with appointment) आउन अनुरोध गरिन्छ ।

२.     समय लिएर आउनको लागि दूतावासको हटलाइन ९८८६९१२१ मा सम्पर्क गरी सम्बन्धित व्यक्तिले आफ्नो नाम, राहदानी नम्बर तथा सम्पर्क नम्बर प्रदान गर्नसक्नु हुनेछ ।

३.       अग्रिम समय लिएर आउन नचाहेमा (Without prior appointment) विकल्पको रूपमा दूतावास आउनु अघि https://emrtds.nepalpassport.gov.np  बाट रीतपूर्वक दरखास्त फारम भरी , फारम डाउनलोड तथा प्रिन्ट गरी ल्याउन सकिनेछ । सो गर्दा सेवाग्राहिहरूको समयको बचत हुने तथा लामो प्रतिक्षामा बस्नु नपर्ने जानकारी गराइन्छ । (थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् https://kw.nepalembassy.gov.np/9351-2/

४.      इ-पासपोर्ट (e-passport) लागि आवश्यक कागजात तथा दस्तूर सहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।

५.     साथै, दूतावास आउँदा आवश्यक कागजातको प्रतिलिपि/फोटोकपी दूतावास बाहिर नै गरेर आउनुहुन समेत अनुरोध छ ।

इ-पासपोर्ट (e-passport) प्राप्ति सम्बन्धी प्रक्रिया

राहदानी नवीकरणको लागि

  • हालको राहदानी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
  • कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति

कुवेतमा राहदानी हराएको हकमा

  • राहदानी हराएको सम्बन्धमा कुवेतको प्रहरीको प्रतिवेदन (Police Report)
  • प्रहरीको प्रतिवेदनको अंग्रेजी अनुवादको सक्कल -१ प्रति तथा प्रतिलिपि/ फोटोकपी – १ प्रति
  • हराएको राहदानीको प्रतिलिपि/ फोटोकपी -१ प्रति (भएसम्म)
  • कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति

राहदानीको पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेको हकमा

  • सक्कल राहदानी (च्यातिएको वा बिग्रिएको राहदानी भएतापनि)
  • कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति

नाबालकको हकमा

  • १) विदेशमा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि नेपाल गर्इ नाबालक परिचयपत्र बनाउन नसकिएको अवस्था भएमा राहदानी बनाउने प्रयोजनका लागि निम्न कागजात सहित दूतावासमा अाउनुपर्नेछ
    • स्थानीय कुवेती निकायले जारी गरेको तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयको छाप सहितको सक्कल जन्म दर्ता प्रमाणपत्र,
    • सोको अंग्रजी अनुवादमा कुवेत सरकार मिनिष्टर अफ जस्टिस (Ministry of Justice) को छाप सहित
    • नाबालकको आमा र बुवाको राहदानी, नेपाली नागरिकता र कुवेती सिभिल आइ.डी का प्रतिलिपिहरू ।
    • नाबालकको आमा र बुवाको (नेपाल सरकार परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीत)-विवाह दर्ता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि ।

     

    २) यसरी जारी गरिएको राहदानी दोस्रो पटक बनाउँनुपरेमा/ नवीकरण गर्नुपरेमा  सो अगावै निवेदकले नेपालबाट अनिवार्य रूपमा नावालक परिचयपत्र प्राप्त गरिसक्नु पर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत पेश गर्नुपर्नेछ ।

आवेदन गर्ने समय: बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबार देखि बिहीबारसम्म)

राहदानी दस्तूरः

क्र.सं राहदानीको प्रकार शुल्क (कुवेती दिनार)
साधारण राहदानी (३४ पानाको) १६
साधारण राहदानी (६६ पानाको) ३२
हराएको, च्यातिएको भिजेको, जलेको वा केरमेट भएकाको हकमा माथि (१) र (२) मा उल्लिखित दस्तूरको दोब्बर
नाबालकको हकमा माथि उल्लिखित दस्तूरको आधा

वितरणः

इ-पासपोर्ट (e-passport) आवेदन गरेको मितिदेखि साधारणतया १ महिनाभित्र वितरण गरिनेछ । राहदानी विभागबाट राहदानी प्राप्त भएपछि प्राप्त राहदानीको सूची दूतावासको वेबसाइट र आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराइनेछ। राहदानी बुझ्न आउँदा अनिवार्य रूपमा पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिदसहित आवेदक स्वयं उपस्थित हुनुपर्नेछ। राहदानी आइतबारदेखि बिहीबारसम्म (सार्वजनिक विदाको दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिनेछ।

राजदूतावासको ठेगाना:

Embassy of Nepal

Al Jabriya Area, Block No.-8, Street No. 13, Building No. 514

Tel No.: 00965-25321603/25321604/25321605

Hotline No.: 00965-98869121

Fax No.: 00965-25321628/25321601

Email: eonkuwait@mofa.gov.np

Website: kw.nepalembassy.gov.np