![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/1-139x300.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/2-226x300.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/3-274x300.jpg)
कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाको प्रस्तुती ।
———————————————————
नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० अौ वर्षिकोत्सवको सन्दर्भमा अाज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भयो ।
कुवेतमा यहाँको प्रसिद्ध कुवेत टावर (Iconic Tower) मा नेपालीको राष्ट्रिय झण्डाको यस प्रकारको प्रस्तुती पहिलो पटक हुन गएकोमा हामी सबैले खुशी र गाैरवको अनुभूति गरेका छाैं ।
नेपाल र कुवेत बीच रहिअाएको मैत्रीपूर्ण सम्बन्ध अागामी दिनमा थप सुदृढ हुँदै जानेमा हामी विश्वस्त छाैं ।
—————————-
नेपाली राजदूतावास, कुवेत
१९ सेप्टेम्बर २०२२