Visit Nepal Year-2020 Inaugural Program, 07 January, 2020

         नेपाली राजदूतावास, कुवेतद्वारा कुवेत सिटीको Crown Plaza Hotel मा हिजो मिति २०७६ पुष २२ गते (तदनुसार ०७ जनवरी, २०१९) का दिन एक विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक रूपमा शुभारम्भ गरियो । दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी, कुवेत सरकारका पर्यटन सम्बन्धी विषय हेर्ने सूचना मन्त्रालयका उच्च अधिकारी एवं विशिष्ठ अतिथिका रूपमा आमन्त्रित

नेपाल भ्रमण वर्ष-२०२० को अवसरमा नेपाली समुदायसँगको छलफल कार्यक्रम

यस राजदूतावासद्वारा मिति २०७६ मंसिर २० गते (तदनुसार ६ डिसेम्बर, २०१९) राजदूतावासको सभाहलमा कुवेतमा रहनुभएका नेपाली समुदायसँग आउँदै गरेको नेपाल भ्रमण वर्ष-२०२० लार्इ लक्षित गरी दूतावासले गरेको तयारी र आयोजना गर्ने विभिन्न कार्यक्रमहरूको बारे उपस्थित सम्पूर्णमा जानकारी गराउनु हुँदै महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी । उक्त कार्यक्रममा दूतावासका कर्मचारीहरू, NRNA कुवेत, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायत कुवेतमा रहनुभएका नेपाली दाजुभाइ

स्थानीय नेपाली प्रतिभाहरूलार्इ महामहिम राजदूतबाट प्रशंसा पत्र प्रदान

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा नेपाली राजदूतावास कुवेतद्वारा आयोजित स्वागत समारोहमा नेपाली गीत, संगीत र वाBवादन सहित आ-आफ्नो प्रस्तुतिद्वारा कार्यक्रमको गरिमा बढाउन सहयोग पुर्याउनु हुने स्थानीय नेपाली प्रतिभाहरूलार्इ दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीबाट मिति २०७६ मंसिर ६ गते दूतावासको सभाहलमा प्रशंसा पत्र प्रदान गरेपश्चातकोँ सामूहिक तस्वीर ।

कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General सँग महामहिम राजदूतबाट भएको शिष्टाचार भेट।

कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General Mr. Essam Salim Al-Naham सँग यस दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीबाट हिजो सोमबार, मिति २०७६/५/३० मा भएको शिष्टाचार भेट। उक्त अवसरमा नेपाल र कुवेतबीचको द्वपक्षीय सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने तथा आप्रवासी नेपाली कामदारको हितसँग सम्बन्धित विषयमा कुराकानी भयो।  

कुवेतको Public Authority of Manpower का Director General सँग महामहिम राजदूतबाट भएको शिष्टाचार भेट

कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालय मातहतको Public Authority of Manpower का Director General H.E. Mr. Ahmad Al-Mousa सँग आज उहाँको कार्यकक्षमा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीबाट भएको शिष्टाचार भेट । उक्त भेटमा नेपाल र कुवेतबीचको श्रम तथा रोजगारका क्षेत्रसँग सम्बन्धित आपसी हीतका विषयमा कुराकानी भयो ।