नेपाली राहदानी इ-पासपोर्ट (e-Passport) प्राप्ति सम्बन्धी प्रक्रिया
नेपाली राजदूतावास, कुवेतबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लार्इ प्रतिस्थापन गर्दै यही मिति २०७८।११।०८ (तदनुसार २० फेब्रुअरी २०२२) का दिन देखि इ-पासपोर्ट (e-passport) जारी गर्नका लागि आवेदन लिने कार्य शुरू भएको छ ।
केही महत्वपूर्ण ध्यान दिनुपर्ने कुराहरू |
१. नयाँ प्रविधिमा आधारित इ-पासपोर्ट (e-passport) को लागि आवेदन गर्न दूतावास आउनु अघि https://emrtds.nepalpassport.gov.np बाट रीतपूर्वक दरखास्त फारम भरी , फारम डाउनलोड तथा प्रिन्ट गरी ल्याउन सकिनेछ । सो गर्दा सेवाग्राहिहरूको समयको बचत हुने तथा लामो प्रतिक्षामा बस्नु नपर्ने जानकारी गराइन्छ । (थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् https://kw.nepalembassy.gov.np/9351-2/)
२. इ-पासपोर्ट (e-passport) लागि आवश्यक कागजात तथा दस्तूर सहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ । ३. साथै, दूतावास आउँदा आवश्यक कागजातको प्रतिलिपि/फोटोकपी दूतावास बाहिर नै गरेर आउनुहुन समेत अनुरोध छ । |
इ-पासपोर्ट (e-passport) प्राप्ति सम्बन्धी प्रक्रिया
राहदानी नवीकरणको लागि
- हालको राहदानी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
- कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
- नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि/ फोटोकपी -१ प्रति
कुवेतमा राहदानी हराएको हकमा
- राहदानी हराएको सम्बन्धमा कुवेतको प्रहरीको प्रतिवेदन (Police Report)
- प्रहरीको प्रतिवेदनको अंग्रेजी अनुवादको सक्कल -१ प्रति तथा प्रतिलिपि/ फोटोकपी – १ प्रति
- हराएको राहदानीको प्रतिलिपि/ फोटोकपी -१ प्रति (भएसम्म)
- कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
- नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि/ फोटोकपी -१ प्रति
राहदानीको पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेको हकमा
- सक्कल राहदानी (च्यातिएको वा बिग्रिएको राहदानी भएतापनि)
- कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
- नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि/ फोटोकपी -१ प्रति
नाबालकको हकमा
- १) विदेशमा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि राहदानी बनाउने प्रयोजनका लागि निम्न कागजात सहित दूतावासमा अाउनुपर्नेछ
- स्थानीय कुवेती निकायले जारी गरेको तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयको छाप सहितको सक्कल जन्म दर्ता प्रमाणपत्र,
- सो जन्म दर्ता प्रमाणपत्रको अंग्रजी अनुवादमा कुवेत सरकार मिनिष्टर अफ जस्टिस (Ministry of Justice) को छाप सहित
- नाबालकको आमा र बुवाको राहदानी, नेपाली नागरिकता र कुवेती सिभिल आइ.डी का प्रतिलिपिहरू ।
- नाबालकको आमा र बुवाको (नेपाल सरकार परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीत)-विवाह दर्ता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि ।
२) यसरी जारी गरिएको राहदानी दोस्रो पटक बनाउँनुपरेमा/ नवीकरण गर्नुपरेमा सो अगावै निवेदकले नेपालबाट अनिवार्य रूपमा नावालक परिचयपत्र प्राप्त गरिसक्नु पर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत अनिवार्य पेश गर्नुपर्नेछ ।
आवेदन गर्ने समय: बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (आइतबार देखि बिहीबारसम्म)
राहदानी दस्तूरः
३४ पृष्ठको राहदानी | ||
क्र.सं. | राहदानीको प्रकार | शुल्क (कुवेती दिनार) |
१ | साधारण राहदानी (३४ पृष्ठको) नयाँ/नविकरण | १६ |
२ | हराएको, च्यातिएको, भिजेको, जलेको वा केरमेट भएकाको हकमा (३४ पृष्ठको) | २४ |
३ | नाबालक (१० बर्ष मुनीको) को साधारण राहदानी (३४ पृष्ठको) नयाँ/नविकरण | ८ |
४ | नाबालक (१० बर्ष मुनीको) को साधारण राहदानी (३४ पृष्ठको) हराएको, च्यातिएको, भिजेको, जलेको वा केरमेट भएकाको हकमा | १२ |
६६ पृष्ठको राहदानी | ||
१ | साधारण राहदानी (६६ पृष्ठको) नयाँ/नविकरण | ३२ |
२ | हराएको, च्यातिएको, भिजेको, जलेको वा केरमेट भएकाको हकमा (६६ पृष्ठको) | ४८ |
३ | नाबालक (१० बर्ष मुनीको) को साधारण राहदानी (६६ पृष्ठको) नयाँ/नविकरण | १६ |
४ | नाबालक (१० बर्ष मुनीको) को साधारण राहदानी (६६ पृष्ठको) हराएको, च्यातिएको, भिजेको, जलेको वा केरमेट भएकाको हकमा | २४ |
वितरणः
इ-पासपोर्ट (e-passport) आवेदन गरेको मितिदेखि साधारणतया १ महिनाभित्र वितरण गरिनेछ । राहदानी विभागबाट राहदानी प्राप्त भएपछि प्राप्त राहदानीको सूची दूतावासको वेबसाइट र आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराइनेछ। राहदानी बुझ्न आउँदा अनिवार्य रूपमा पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिदसहित आवेदक स्वयं उपस्थित हुनुपर्नेछ। राहदानी आइतबारदेखि बिहीबारसम्म (सार्वजनिक विदाको दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिनेछ।
राजदूतावासको ठेगाना:
Embassy of Nepal
Al Jabriya Area, Block No.-8, Street No. 13, Building No. 514
Tel No.: 00965-25321603/25321604/25321605
Hotline No.: 00965-98869121
Fax No.: 00965-25321628/25321601
Email: eonkuwait@mofa.gov.np
Website: kw.nepalembassy.gov.np