नेपाल भ्रमण वर्ष-२०२० को अवसरमा नेपाली समुदायसँगको छलफल कार्यक्रम

यस राजदूतावासद्वारा मिति २०७६ मंसिर २० गते (तदनुसार ६ डिसेम्बर, २०१९) राजदूतावासको सभाहलमा कुवेतमा रहनुभएका नेपाली समुदायसँग आउँदै गरेको नेपाल भ्रमण वर्ष-२०२० लार्इ लक्षित गरी दूतावासले गरेको तयारी र आयोजना गर्ने विभिन्न कार्यक्रमहरूको बारे उपस्थित सम्पूर्णमा जानकारी गराउनु हुँदै महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी ।

उक्त कार्यक्रममा दूतावासका कर्मचारीहरू, NRNA कुवेत, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायत कुवेतमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रही नेपाल भ्रमणवर्ष-२०२० सफल पार्ने सम्बन्धमा विचारकोआदानप्रदान भएको थियो ।